|
२०८३ बैशाख ४
फिलिपिन्समा सुरक्षा बल र सशस्त्र समूहबीच भएको गोली हानाहानमा १० जना इस्लामवादी उग्रवादी मारिएका छन्। पक्राउ गर्ने प्रयासका क्रममा भएको प्रतिकारपछि झडप चर्किएको प्रहरीले जनाएको छ।
मारिनेहरूमा मौटे–दौला इस्लामिया नामक समूहका एक नेता समेत रहेको क्षेत्रीय प्रहरी रिपोर्टमा उल्लेख छ।
सुरक्षा बलले घटनास्थलबाट बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको बताएको छ भने आफ्नो पक्षमा कुनै क्षति नभएको दाबी गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्