|
२०८३ बैशाख १
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारामा वैशाख ५ देखि १२ गतेसम्म खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। लाली गुराँस युवा क्लबको २८औँ वार्षिकोत्सवको अवसरमा हुने प्रतियोगितामा आकर्षक नगद पुरस्कार राखिएको छ।
खुला पुरुषतर्फ विजेताले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १११ रुपैयाँ हात पार्नेछन्। सेमिफाइनल पुग्ने दुई टिमलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी महिलातर्फ विजेतालाई ३५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेतालाई २० हजार ५ सय ५५ रुपैयाँ दिइने आयोजकले जनाएको छ।
पश्चिम रोल्पामा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको प्रतियोगिता मानिएको यस कार्यक्रममा विभिन्न स्थानका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले स्थानीय खेल प्रतिभा विकास र भलिबलप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Weston862
April 15, 2026https://shorturl.fm/DRWZ2