|
२०८२ चैत्र ३०
काठमाडौं — राजधानीको तारकेश्वर क्षेत्रमा भएको सवारी दुर्घटनामा ट्राफिक प्रहरी निरीक्षक अभय लामा घाइते भएका छन्।
तारकेश्वर–८ डाँडागाउँमा भएको दुर्घटनामा मोटरसाइकल चलाइरहेका लामालाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। उनी कार्यालयको काम सकेर फुटुङस्थित डेरातर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।
दुर्घटनामा उनको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको बिएण्डबी अस्पताल मा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्