|
२०८२ चैत्र २९
काठमाडौं, चैत २९: राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप–२०२६ अन्तर्गत महिला र पुरुष दुवै विधाको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन्।
दशरथ रंगशालामा जारी प्रतियोगितामा महिलातर्फ एपीएफले बागमतीलाई ३९–० र आर्मीले कर्णालीलाई ३६–० ले हराउँदै फाइनल यात्रा तय गरेका हुन्।
दुवै टोलीबीचको उपाधि भिडन्त दिउँसो २:३० बजे सुरु हुनेछ। पुरुषतर्फ पनि यिनै दुई टोली उपाधिका लागि प्रतिस्पर्धामा छन्।
विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्