|
२०८२ चैत्र २७
काठमाण्डौं । बिस्का जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथ र भैरवनाथको भैलखः तानेर जात्राको शुभारम्भ गरिन्छ ।
यो जात्रा नौ दिन आठ रातसम्म चल्नेछ, जसमा भैलखः तानातान, यसींद्योः (लिङ्गो) उठाउने, विभिन्न देवदेवीका रथ यात्रा तथा पूजाआजा मुख्य आकर्षण हुन् । नयाँ वर्षको पूर्वसन्ध्यामा यसींद्योः उभ्याइने र बैशाख १ मा ढालिने परम्परा रहेको छ ।
जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित झडप रोक्न समय व्यवस्थापन र निगरानी कडा बनाइएको छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्