|
२०८२ चैत्र २६
काठमाण्डौँ । काठमाडौंमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनपछि उच्चपदस्थ व्यक्तिहरू धमाधम पक्राउ परेका थिए । जेनजी आन्दोलन दमन प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।
गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत भीआईपी पक्राउको “काउन्ट” सार्वजनिक गर्दै आएका थिए । तर उनले गणना गरेका व्यक्तिमध्ये पाँच जना पछि रिहा भएका छन् । रिहा हुनेमा ओली र लेखकसहित काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल, लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा र उच्चपदस्थ अधिकारी शंकर अग्रवाल रहेका छन् ।
भीआईपी पक्राउको लहर सुरु भए पनि अनुसन्धान र कानुनी प्रक्रियापछि केही प्रमुख व्यक्तिहरू छुटेका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्