आरजु राण देउवा नक्कली भुटानी शरणार्थीमा फस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाडौँ । लामो समयदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि राम्रोसँग अनुसन्धान हुन सकेको छैन । झा पक्राउ लगत्तै तत्कालीन माओवादी नेतृत्वको सरकार परिवर्तन भएपछि उक्त काण्डको अनुसन्धान नै नभई थुनछेकको बहसमार्फत झालाई थुनामा पठाइएको थियो ।

झाको कनेक्सन राजनीतिको उच्च तह अर्थात सोझै आरजु राणासम्म पुग्ने बताइएको सो प्रकरणमा पक्राउ परेका झालाई थुनामा पठाएर आरजु पक्राउ पर्र्नबाट जोगिएकी थिइन ।

प्रहरीले यतिबेला उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत पुनः अनुसन्धान गर्नेगरी निर्देशन जारी गरिसकेको स्रोतले बताएको छ ।

प्रहरीले २०८१ असार १६ गते झालाई पक्राउ गरेपछि उक्त काण्डबाट जोगिन आरजुले प्रचण्डको सरकार ढालेर एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएकी थिइन् । त्यसलगत्तै असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा पनि मुछिएका थिए । उनको विषयमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन । छोरा प्रतिक थापा भने अहिले पनि थुनामा रहेका छन् ।

भुटानी शरणार्थीको मुद्दा दायर भएको १३ महिनापछि बेचन पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *