डेढ करोडभन्दा बढी ठगी गर्ने पुरुषोत्तम पहाडी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाडौँ । सहकारी ठगी मुद्दाका फरार प्रतिवादी पुरुषोत्तम पहाडीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नं.३ पाटनढोकाबाट चैत १५ गते नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौडाको पत्र र सुनिता कुमारी श्रेष्ठ लगायतको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । पहाडीमाथि हालसम्म २० जनाले किटानी जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार उनले कुल १ करोड ६२ लाख ६५ हजार ९ सय २० रुपैयाँ बिगो बराबरको ठगी गरेको देखिएको छ । पक्राउ परेका पहाडीलाई ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

उनीमाथि लागेको ठगी मुद्दाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *