|
२०८२ चैत्र ९
सिरहा, ९ चैत – लहान नगरपालिका–१ मा सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको प्राविधिक परीक्षणमा ५६ वटा सवारी साधनमा मर्मत आवश्यक देखिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात कार्यालयको संयुक्त टोलीले बस, म्याजिक, विङ्गर, टिपर, पिकअप र स्कुल बसको यान्त्रिक अवस्था परीक्षण गरेको थियो। ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक अनरुध भुजेलका अनुसार, सम्बन्धित सवारीधनीलाई मर्मत गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्