|
२०८२ चैत्र ७
कपिलवस्तु – महाराजगञ्ज बर्गदवामा दुई समुदायबीचको झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। आज बिहान भजन र नवाजको क्रममा माइकको आवाज बढ्दा हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव भएको थियो। झडपमा ढुंगा प्रहार हुँदा ५ जना सामान्य घाइते भएका छन्।
प्रशासनका अनुसार पूर्वमा बर्गदी पुलदेखि दक्षिण हर्दौनासम्म निषेधाज्ञा लागू गरिएको छ र स्थिति नियन्त्रणमा आएको छ। निषेधाज्ञा जारी भएपछि कुनै सभा, भेला वा जुलुस नगर्न प्रशासनले जनप्रतिनिधिहरू र स्थानीयलाई आग्रह गरेको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्