|
२०८२ चैत्र ७
स्याङ्जा — स्याङ्जाको मालुङ्गा, गल्याङ नगरपालिका–१ मा करिब एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको छ।
स्थानीयले देखेपछि प्रहरी र कालीगण्डकी सवडिभिजन वन कार्यालय लाई खबर गरेका थिए। प्रारम्भिक निरीक्षणमा शरीरमा कुनै बाहिरी चोटपटक वा आक्रमणको स्पष्ट संकेत नभएको वन कार्यालयले जनाएको छ।
वन कार्यालयले शव व्यवस्थापन गरेको छ र घटनाको कारणबारे थप अनुसन्धान गर्ने जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्