|
२०८२ चैत्र ७
बागलुङ — ढोरपाटन उपत्यकासहित आसपासका उच्च पहाडी क्षेत्रमा अचानक परेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ।
शुक्रबारदेखि निरन्तर हिउँ परेपछि ढोरपाटन उपत्यका सेताम्य बनेको छ। स्थानीयका अनुसार अत्यधिक चिसो बढ्दा हिँडडुल गर्न र पशुचौपायाको हेरचाह गर्न समेत समस्या भइरहेको छ।
चैत महिनामा आलु रोप्ने मुख्य समय भए पनि हिमपातका कारण किसानको काम रोकिएको छ। स्थानीयहरूले सामान्य वर्षा अपेक्षा गरे पनि असामयिक हिमपातले दैनिक जीवन झनै कठिन बनाएको बताएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्