|
२०८२ चैत्र ३
काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी सुनिल गौतमविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ५५ वर्षीय गौतमविरुद्ध चैत १ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध नागरिकता ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरीको अनुसन्धानले गौतमले छुट्टछुट्टै जन्ममितिसहितका दुईवटा नागरिकता लिएको खुलेको अभियोगपत्रमा उल्लेख छ ।
प्रहरीको अनुसन्धानका क्रममा सुनिलले मिति २०२७ वैशाख २२ गते तथा मिति २०३० असार १३ गते जन्ममिति राखेर दुईवटा नागरिकता लिएको खुलेको हो । तर, दुवै नागरिकताको नम्बर भने ९१९७ नै राखिएको पाइएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्