धनुषामा गाडी र मोटरसाइकल ठोकिदा चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २

काठमाण्डौँ । धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *