|
२०८२ फाल्गुन २८
बग्दाद, २८ फागुन । इराकको बसरा बन्दरगाह नजिक दुई विदेशी तेल ट्याङ्करमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चालकदलका सदस्यलाई उद्धार गरिएको छ।
इराकी अधिकारीका अनुसार घटनापछि उद्धार टोलीले जहाजमा रहेका ३८ जना चालकदल सदस्यलाई सुरक्षित बाहिर निकालेको छ। दुर्घटनामा एक जनाको ज्यान गएको पुष्टि गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन। सुरक्षा स्रोतका अनुसार विस्फोटक सामग्री बोकेको एउटा इरानी डुङ्गा ट्याङ्करसँग ठोक्किएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे औपचारिक अनुसन्धान जारी रहेको बताइएको छ।
घटनापछि सुरक्षा सतर्कता अपनाउँदै बसरा क्षेत्रका केही तेल बन्दरगाहको सञ्चालन अस्थायी रूपमा रोकिएको छ। हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण तेल ढुवानी मार्गको सुरक्षाबारे चिन्ता बढ्दै गएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्