रामेछाप दुर्घटनाका घाइतेलाई गृहमन्त्री अर्यालले भेटे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमवार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरी अवस्थाबारे जानकारी लिएका हुन्।

फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

घाइतेहरूको उद्धार गरी अहिले छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षार्की सवार सवारीसाधन दुर्घटनामा परेको हो ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *