काठमाडौँ — इरानको राजधानी तेहरान मा शनिबार बिहान शृङ्खलाबद्ध शक्तिशाली विस्फोट भएपछि इजरायल ले इरानविरुद्ध अग्रिम आक्रमण सुरु गरेको घोषणा गरेको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार शहरको जम्हुरी क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो देखिएको थियो। त्यसलगत्तै इजरायलका रक्षामन्त्री इजरायल काट्ज ले आफ्नो राष्ट्रविरुद्धको सम्भावित खतरालाई निस्तेज पार्न कारबाही गरिएको बताएका छन्। साथै देशभर विशेष आपतकालीन अवस्था लागू गरिएको जानकारी दिइएको छ।
आक्रमणपछि सम्भावित जवाफी कारबाहीको आशंकामा इजरायलभर साइरन बजाइएको थियो। इरान ले भने कुनै पनि हमलाको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
यो सैन्य टकराव अमेरिका–इरानबीच आणविक कार्यक्रमसम्बन्धी वार्ता जारी रहेकै बेला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्ताको प्रगतिप्रति असन्तुष्टि जनाउँदै मध्यपूर्वमा सैन्य उपस्थिति बढाउने संकेत दिएका थिए।
यस घटनाक्रमले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाउँदै मध्यपूर्वमा ठूलो द्वन्द्वको जोखिम बढाएको विश्लेषण गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्