पूर्व–पश्चिम राजमार्गमा भीषण दुर्घटना : मोटरसाइकलका दुई युवकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाडौं, फागुन १३ — मकवानपुरको हेटौँडा क्षेत्रमा आज बिहान भएको सडक दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय सन्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र सवारीसाधनको पहिचान तथा चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *