|
२०८२ फाल्गुन ११
काठमाडौं, फागुन ११ – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गरिने बताउँदै मतदातालाई ढुक्क भएर मतदान गर्न अपिल गरेका छन्। सरकारले तोकिएकै मितिमा चुनाव गराउने लक्ष्यसहित सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको उनले जानकारी दिए।
उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसमेत परिचालन गरी देशभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। प्रदेश र जिल्लास्तरमा कमान्ड पोष्ट तथा निर्वाचन सेल सक्रिय बनाइएको छ भने दैनिक रूपमा सुरक्षा अवस्थाको समीक्षा भइरहेको छ।
हाल देखिएका छिटपुट घटनाले निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने दाबी गर्दै मन्त्री अर्यालले सबै चुनौती नियन्त्रणभित्र रहेको स्पष्ट पारे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्