|
२०८२ फाल्गुन ५
धनकुटा, ५ फागुन — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १,००८ कर्मचारी परिचालन गरिने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६६ नियमित र २ अस्थायी गरी १६८ मतदान केन्द्रमा कर्मचारी खटाइनेछन्।
नियमित केन्द्रमा ६ जनाका दरले र अस्थायी केन्द्रमा ३ जनाका दरले जनशक्ति रहनेछ। १६६ मतदान अधिकृत, १६६ सहायक मतदान अधिकृत, ४९८ सहायक कर्मचारी र १६६ कार्यालय सहयोगी परिचालन गरिनेछ।
५०० भन्दा कम मतदाता भएका केन्द्रमा २ जना र बढी भएका केन्द्रमा ३ जना स्वयंसेवक राखिनेछन्। कर्मचारीका लागि फागुन १३–१५ गते तालिम सञ्चालन गरिने र केही केन्द्रमा पूर्ण महिला कर्मचारी पनि खटाइने कार्यालयले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्