|
२०८२ फाल्गुन ४
काठमाडौं, फागुन ३ — केपी शर्मा ओली ले आगामी निर्वाचन विकास समर्थक र विकास विरोधी शक्तिबीचको प्रतिस्पर्धा भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले झापाको दमकमा धिमाल समुदायका अगुवासँगको भेटमा बोल्दै निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया नभई विकासको निरन्तरतासँग जोडिएको विषय भएको बताए।
उनका अनुसार आफू नेतृत्वमा रहँदा धिमाल समुदायका लागि संग्रहालय, होमस्टे तथा सडक निर्माणमा बजेट विनियोजन गरिएको थियो। तर, सरकार परिवर्तन भएपछि ती कार्यक्रमको बजेट कटौती गरिएको उनले आरोप लगाए।
‘यो चुनाव देश बनाउने र जोगाउने पक्ष र विकासका कार्यक्रम रोकेर बजेट हटाउने पक्षबीचको रोजाइ हो,’ ओलीले भने।
उनले मतदातालाई विकासका योजनालाई निरन्तरता दिने पक्षलाई समर्थन गर्न आग्रह गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्