आज सोमबार — ग्रहस्थितिले देखाएको १२ राशिको मार्गदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

मेष

प्रतिष्ठा र जिम्मेवारीको दिन रहनेछ। लामो समयदेखि प्रतिक्षा गरिएको अवसर हात पर्न सक्छ। नेतृत्वदायी भूमिकामा अघि बढ्ने सम्भावना बलियो देखिन्छ। सामाजिक संघ–संस्थामा योगदान गर्ने मौका मिल्नेछ। आत्मविश्वास बढ्नेछ र लक्ष्यतर्फ अघि बढ्न सहज हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक:

वृष

लगनशील प्रयासले छोटो समयमै उल्लेखनीय उपलब्धि दिलाउने संकेत छ। व्यवसायमा नयाँ अवसरहरू खुल्नेछन्। आर्थिक आम्दानीमा सुधार आउनेछ। भविष्यका लागि दिगो योजना बनाउने समय अनुकूल छ।
शुभ रंग: पहेंलो | शुभ अंक:

मिथुन

काममा आलस्य गरेमा अरुले तपाईंको श्रमको फाइदा लिन सक्छन्। विवेक र सदाचार अपनाएमा भाग्यको साथ मिल्नेछ। सहकर्मीहरूसँग समन्वय कायम गर्नु आवश्यक छ। आज संयमता अपनाए लाभ हुनेछ।
शुभ रंग: खैरो | शुभ अंक:

कर्कट

शुभचिन्तक वा जीवनसाथीको साथले रोकिएका काम अघि बढ्नेछन्। विगतमा अधुरा रहेका योजना दोहोर्याएर सफल बनाउन सकिनेछ। व्यापार विस्तारका लागि नयाँ रणनीति बनाउने उपयुक्त समय हो।
शुभ रंग: निलो | शुभ अंक:

सिंह

सेवा र सामाजिक कार्यतर्फ आकर्षण बढ्नेछ। कामको तालमेल नमिल्दा केही ढिलाइ हुन सक्छ। व्यापार सामान्य अवस्थामा चल्नेछ। धैर्य राखेमा स्थिति सुधारिनेछ।
शुभ रंग: बैजनी | शुभ अंक:

कन्या

अध्ययन तथा अध्यापन क्षेत्रमा सफलता हात लाग्नेछ। आत्मसम्मान जोगाउन संघर्ष गर्नुपर्ने देखिन्छ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। सन्तुलित भोजन र विश्राममा ध्यान दिनु लाभदायक हुनेछ।
शुभ रंग: सेतो | शुभ अंक:

तुला

अपेक्षित नतिजा कमजोर देखिँदा मनमा चिन्ता रहन सक्छ। गोपनीय विषय बाहिरिन सक्ने सम्भावना भएकाले सतर्क रहनुहोला। राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव विस्तार हुने संकेत छ।
शुभ रंग: आकाशी | शुभ अंक:

वृश्चिक

कार्यस्थलमा जिम्मेवारी र दबाब बढ्न सक्छ। जग्गा–जमिनसम्बन्धी कामबाट फाइदा हुने सम्भावना छ। पुराना सफलताले नयाँ काममा उत्साह थप्नेछ। परिवारबाट सरप्राइज उपहार मिल्न सक्छ।
शुभ रंग: केशरी | शुभ अंक:

धनु

आफन्तसँग भेटघाट र रमाइलो क्षण बित्नेछ। आर्थिक अवस्था सुदृढ रहनेछ। विगतका कमजोरी सुधार्दै भविष्यका लागि मजबुत आधार बनाउने समय छ। दीर्घकालीन योजनामा ध्यान दिनु लाभदायक हुनेछ।
शुभ रंग: नीलो | शुभ अंक:

मकर

प्रेम सम्बन्धमा नजिकता बढ्नेछ। धैर्य र लगनशीलताले विरोधीहरू निष्क्रिय बन्न सक्छन्। महत्वाकांक्षी योजना पूरा नभए पनि पहिलाको उपलब्धि सुरक्षित रहनेछ।
शुभ रंग: रातो | शुभ अंक:

कुम्भ

परिस्थितिअनुसार आफूलाई ढाल्न नसक्दा अवसर छुट्न सक्छ। शैक्षिक क्षेत्रमा भने उल्लेखनीय सफलता प्राप्त हुने संकेत छ। नयाँ सम्बन्ध गाँस्दा सावधानी अपनाउनु उचित हुनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक:

मीन

साझेदारी व्यवसायबाट राम्रो लाभ मिल्नेछ। निर्णायक क्षणमा परिवारजनको साथ प्राप्त हुनेछ। जटिल परिस्थितिलाई आफ्नो पक्षमा मोड्न सकिनेछ। आत्मबल उच्च रहनेछ।
शुभ रंग: सुन्तला | शुभ अंक:

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *