विदेशी मुद्रा दर अपडेट: अमेरिकी डलर १४५ रुपैयाँ नजिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ।

यस्तै, युरोको खरिद १७१.६१ र बिक्री १७२.३२, युके पाउण्ड १९६.९६/१९७.७७, स्वीस फ्र्याङ्क १८८.०३/१८८.८१, अष्ट्रेलियन डलर १०२.०६/१०२.४८, क्यानेडियन डलर १०६.२६/१०६.७०, सिङ्गापुर डलर ११४.४९/११४.९६ रुपैयाँ कायम गरिएको छ।

जापानी येन १० को खरिद ९.४३ र बिक्री ९.४७ रुपैयाँ, चिनियाँ युआन २०.९५/२१.०३, साउदी रियाल ३८.५९/३८.७५, कतारी रियाल ३९.७१/३९.८७ रुपैयाँ रहेका छन्।

केन्द्रीय बैंकका अनुसार, यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *