|
२०८२ फाल्गुन २
दार्चुला: सदरमुकाम खलङ्गामा रहेको जिल्ला कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हाल्न थालेको छ। बिहीबारदेखि नेपाली सेनाको १० जनाको टोली सहसेनानी अन्वेश गुरूङको नेतृत्वमा कारागार सुरक्षार्थ खटाइएको छ।
यसअघि उक्त कारागारको सुरक्षा नेपाल प्रहरीको टोलीले सम्हालेको थियो। हाल प्रहरी टोली पनि कारागार सुरक्षा व्यवस्थापनमा खटाइएको छ।
सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने निर्णयअनुसार दार्चुला कारागारमा पनि नेपाली सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। उनले भने, “सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गर्दै सुरक्षा व्यवस्थापन अघि बढाइएको छ।”

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्