प्रतिनिधि सभा निर्वाचनका लागि १४ जिल्लामा मतपत्र छपाइ बाकी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २

काठमाडौँ: प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ उपत्यका वरपरका १४ जिल्लामा मात्रै मतपत्र छपाइ बाँकी छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए अनुसार, हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ।

पहिलेको चरणमा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग) लगायतका जिल्लामा मतपत्र छापिएको थियो। दोस्रो चरणमा दार्चुला, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, सुनसरी, मोरङ, बागलुङ, पाल्पा, रुपन्देही, कास्की जस्ता जिल्लामा मतपत्र छपाइ सम्पन्न भयो।

अब बाँकी १४ जिल्लामा तीन दिनभित्र मतपत्र छपाइ सकिने अनुमान छ। हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११–१५ लाख मतपत्र छपाइ भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *