|
२०८२ फाल्गुन १
काठमाण्डौँ । महिनौँ लामो झापा बसाइपछि शुक्रबार काठमाडौँ फर्केका पूर्व राजा ज्ञानेन्द्र साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लागेका छन् ।
शाह विमानस्थलबाट बाहिर आइपुग्दा उनलाई समर्थकहरूले स्वागत गरेका छन् । शाहको समर्थनमा भेला भएका प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका छन् ।
शाह आउने भएपछि समर्थकहरू शुक्रबार बिहानैबाट विमानस्थलबाहिर जम्मा भएका थिए । शाह झापाबाट कैलाश हेलिकोप्टरमार्फत विमानस्थल ओर्लिएका थिए ।
विमानस्थलबाट उनलाई समर्थकहरूले निर्मलनिवाससम्म पुर्याउने बताएका छन् । शाहको समर्थनमा प्रदर्शन र र्याली निकाल्दा विमानस्थलदेखि गौशाला, चाबहिल, महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्