विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरिदै, २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

काठमाण्डौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् ।

पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् ।

स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

विमानस्थल क्षेत्रमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *