मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजी प्रयोजनका लागि राखिएको इजाजत प्राप्त हतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा १५ जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्लाभरीका ६० जनाले हतियार राख्ने इजाजत लिएकामा हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालमा उक्त सङ्ख्यामा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । उनका अनुसार इजाजत लिएका हतियार बुझाउने क्रम अझै जारी छ ।

स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियारधनीसँग भएका इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *