आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १४५ रुपैयाँ नजिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबार (माघ २६) का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।

निर्धारित अनुसार अमेरिकी डलरको खरिददर १४४.७६ रुपैयाँ र बिक्रीदर १४५.३६ रुपैयाँ रहेको छ। युरोको खरिददर १७१.०६ रुपैयाँ र बिक्रीदर १७१.७७ रुपैयाँ, ब्रिटिस पाउण्ड स्ट्रलिङ खरिद १९७.०७ रुपैयाँ र बिक्री १९७.८९ रुपैयाँ तोकिएको छ।

अर्का मुद्रामा, जापानी येन १० को खरिद ९.२१ रुपैयाँ, बिक्री ९.२५ रुपैयाँ, चिनियाँ युआन खरिद २०.८६ र बिक्री २०.९५ रुपैयाँ, र भारतीय रुपैयाँ १०० को खरिद १६० रुपैयाँ र बिक्री १६०.१५ रुपैयाँ रहेको छ।

राष्ट्र बैंकले आवश्यक परे विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले फरक दर तोक्न सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *