|
२०८२ माघ २४
चितवन — भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक शुक्रबार साँझ मिनी ट्रक र मोटरसाइकलको ठक्करमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मोटरसाइकल चालक २८ वर्षीय कुलबहादुर मगर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनलाई चितवन मेडिकल कलेजमा मृत घोषणा गरिएको हो।
दुर्घटना मिनी ट्रक (ना६ख ६३१६) र विपरीत दिशाबाट आएको मोटरसाइकल (ना३१प २११४) बीच भएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्