चुनावमा एक थोपा रगत बग्नु नहुने प्रधानमन्त्री कार्कीको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १९

काठमाण्डौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन् ।

महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन ।’

सोमबार १८ महिना लामो तालिम पुरा गरेर नेपाल प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । दीक्षित हुनेहरूमा ९ महिला र ८३ जना पुरुष छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *