|
२०८२ माघ १८
सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या गत वर्षको यही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो।
जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन्। भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल भित्रिएका छन् भने चीनबाट नौ हजार १०१ र संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६ पर्यटक आएका छन्।
यस्तै, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल आएका छन्। कुल आगमनमध्ये ३९.३ प्रतिशत पर्यटक सार्क राष्ट्रबाट रहेका छन्।
अन्य एसियाली मुलुकबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ। मध्यपूर्व र अफ्रिकाबाट आउने पर्यटकको हिस्सा भने न्यून रहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्