देश फेरि संकटतर्फ जान सक्ने जोखिम छ : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

काठमाडौं: नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अवस्था अझै पूर्ण रूपमा सुरक्षित भइनसकेको बताएका छन्। बलियो राष्ट्रिय शक्ति र जनएकता निर्माण गर्न नसकिए देश फेरि संकटमा पर्न सक्ने चेतावनी उनले दिएका छन्।

शुक्रबार ओखलढुङ्गाका एमाले नेता–कार्यकर्तालाई नेकपामा स्वागत गर्दै प्रचण्डले अहिले नै दुर्घटना टरिसक्यो भनेर ढुक्क हुने अवस्था नरहेको बताए। उनले जिम्मेवारी लिएर अघि बढ्ने समय आएको उल्लेख गर्दै मौन बसेर परिस्थितिलाई हेर्ने अवस्था नरहेको धारणा राखे।

प्रचण्डले असन्तुष्ट वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै राष्ट्रिय शक्ति निर्माणको अभियानमा सहभागी हुन एमालेसहित सबै देशभक्त शक्तिलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *