डलरको मूल्य नयाँ उचाइमा, राष्ट्र बैङ्कले सार्वजनिक गर्‍यो आजको विनिमयदर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा रहेको छ । स्वीस फ्रयाङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरको मूल्यमा पनि वृद्धि देखिएको छ ।

एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । चिनियाँ युआन, साउदी र कतारी रियाल, युएई दिराम तथा मलेसियन रिङ्गेटको विनिमयदर पनि राष्ट्र बैङ्कले निर्धारण गरेको छ ।

सबैभन्दा महँगो मुद्राका रूपमा कुवेती दिनार एकको बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा पुगेको छ भने बहराइन र ओमनी दिनारको मूल्य पनि उच्च स्तरमा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ । वाणिज्य बैङ्कहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *