डडेल्धुरालाई छाड्दै सागर ढकाल, अन्य जिल्लाबाट चुनाव लड्ने संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा ढकालले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने तयारी रहेको बताएका हुन्।

ढकालका अनुसार उनी गुल्मी वा रुपन्देहीमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रने विषयमा पार्टीभित्र छलफल भइरहेको छ। डडेल्धुराबाट नलड्ने निर्णयलाई उनले रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्।

उनको यो निर्णयसँगै रास्वपाभित्र उम्मेदवार व्यवस्थापन र क्षेत्र बाँडफाँटलाई लिएर थप चासो बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *