त्रिशुलीमा बालुवामा पुरिएको अवस्थामा बस फेला, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २७

काठमाण्डौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको ठाउँमा खन्दा बस फेला परेको छ । सिमलताल नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको टुक्रा भेटिएपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले खनेर हेर्दा बस भेटिएको हो ।

बस उत्खनन कार्य भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारामा फेला परेको बसको अवशेष २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसमध्ये एउटा भएको आकलन गरिएको छ । बालुवामा गडेको बस निकालेर यकिन गरिने तनहुँका एसपी टेकबहादुर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *