नेपाल प्रहरीकी सहायक निरीक्षक कुन्जाङले गरिन् सगरमाथाको सफल आरोहण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ५

काठमाडौँ : नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा आरोहण गरेकी छन्। शेर्पाले सोमबार बिहान ८:५६ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए।

प्रवक्ता थापाका अनुसार कुन्जाङ सगरमाथा चढ्ने पहिलो महिला प्रहरी अधिकारी हुन्। शेर्पा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत छिन्।

उनले महिला तथा बालबालिका सम्बन्धि हुने हिंसाकाविरुद्ध सन्देश दिन सगरमाथा आरोहण गरेको प्रवक्ता थापाले बताए। कुन्जाङलाई सफलतापूर्वक सगरमाथा आरोहण गरेकोमा प्रहरी महानिरीक्षक दीपक थापाले बधाई दिएका छन्।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *