२३४ रूग्ण ठेक्का तोडिँदै, कर्मचारी छानबिनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १२

सरकारले वर्षौंदेखि काम नगरेका २३४ वटा सडक र पुल निर्माणसम्बन्धी ठेक्का तोड्ने भएको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत दमक, काठमाडौं, पोखरा, सुर्खेत, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा रहेका रूग्ण ठेक्काहरू तोडिनेछन्।

कम रकम कबोल गरी पेश्की लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले ठेक्का तोड्न स्पष्ट निर्देशन दिएका छन्।

रूग्ण ठेक्कामा संलग्न निर्माण व्यवसायी मात्र होइन, निर्णयमा ढिलाइ गर्ने तत्कालीन तथा हालका कर्मचारीमाथि पनि छानबिन गरिनेछ।

मन्त्री घिसिङले अनियमितता, ढिलासुस्ती र घूसप्रथामाथि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *