काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। हिजै राष्ट्रपतिको कार्यालयमा सिफारिस गरिएका पाँच जना मन्त्रीका नाम अहिले अनपेक्षित रूपमा ‘होल्ड’ मा राखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका एक सदस्यका अनुसार, प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको सिफारिस अनुसार नियुक्तिको तयारी भइरहेकै बेला ती नामहरूलाई तत्कालका लागि रोक्न भनिएको हो।
यद्यपि, शीतल निवासले प्रधानमन्त्रीको सचिवालयलाई शपथका लागि आज दिउँसो २ बजेको समय दिइसकेको छ। सोही अनुसार शपथ समारोहको व्यवस्थापन भइरहेको जनाइएको छ।
स्रोतका अनुसार सिफारिसमा परेका नामहरूमा स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा, आविष्कार वैज्ञानिक महावीर पुन, सञ्चारकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा, र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक मदन परियार रहेका छन्।
तर, यी नामहरू परिवर्तन हुन सक्ने सम्भावना रहेको भन्दै अहिलेलाई ‘होल्ड’ गर्न राष्ट्रपतिका सल्लाहकारहरूलाई भनिएको बताइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्