निर्वाचन मिति सार्न प्रधानमन्त्रीलाई छुट छैन : नारायणकाजी श्रेष्ठ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन मिति एक दिन पनि सार्न छुट नभएको बताएका छन्।

कार्कीले बीबीसी नेपालीसँगको अन्तर्वार्तामा निर्वाचन १५ दिन वा २ महिना सार्न सकिने संकेत दिएपछि श्रेष्ठले ती टिप्पणीलाई घातक भन्दै आपत्ति जनाए। उनले प्रधानमन्त्रीलाई आचारसंहिताको पालना गर्न र काममा केन्द्रित हुन सुझाव दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै फागुन २१ मा निर्वाचन गराउने कार्यादेश दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *