|
२०८२ भाद्र ३१
काठमाडौं : गत भदौ २४ गते सिंहदरबार र वरपरका क्षेत्रमा भएको प्रदर्शनका क्रममा ४४१ वटा साना–ठूला गाडी र ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी तथा तोडफोड भएको सरकारी कार्यालयहरूको प्रारम्भिक तथ्यांकले देखाएको छ।
प्रम तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, शिक्षा, स्वास्थ्य, संघीय मामिला, युवा तथा खेलकुद, वन, ट्राफिक प्रहरी, सर्वोच्च अदालत, सडक विभागलगायतका निकायका सवारीमा व्यापक क्षति पुगेको छ।
सडक विभागले त मोटरसाइकल गन्नै नसक्ने गरी ध्वस्त भएको जनाएको छ।
अझै क्षतिको यकिन विवरण आउन बाँकी रहेको सरकारी स्रोतले जनाएको छ।



दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्