तोसिमा कार्कीले पार्टी नछोड्ने स्पष्टिकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

२९ भदौ, काठमाडौं ।  रास्वपा नेतृ तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफू पार्टी छोड्न लागेको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेकी छन्।

उनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै यस्तो अफवाह नफैलाउन सञ्चारमाध्यमहरूलाई आग्रह गरेकी छन्।

कार्कीले देश गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सबैलाई सकारात्मक सोच राख्न अपिल गरेकी छन्।

यसअघि आजै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Alex2394

    September 15, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *