आठ दलको विरोध: संसद् विघटन फिर्ता र लोकतान्त्रिक प्रक्रिया पालना गर्न आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

भदौ २८ गते आठ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको निर्णय खारेज गर्न र संसद् बैठक तत्काल बोलाउन माग गरेका छन्। उनीहरूले संसद् छलेर गरिएको सरकार गठन र विघटनको प्रक्रियालाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै आपत्ति जनाएका छन्।

विज्ञप्तिमा यो कदम संविधानको धारा ७६(७), सर्वोच्च अदालतका नजिरहरू तथा संवैधानिक परम्पराविपरीत रहेको उल्लेख छ। आन्दोलनरत समूहको माग पनि जननिर्वाचित संस्थाबाटै सम्बोधन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्ने दलहरूमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *