|
२०८२ भाद्र २८
काठमाडौँ — जेनजी आन्दोलनका कारण बन्द रहेका विद्यालयहरू भोलिबाट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको छ।
आज जारी गरिएको एक विज्ञप्तिमा महानगरले विद्यालयहरूलाई पर्सिबाट पठनपाठन सुचारु गर्ने तयारी गर्न भनिएको छ। यद्यपि, भोलि शिक्षक र कर्मचारीहरू मात्र विद्यालयमा उपस्थित हुनुपर्नेछ भने विद्यार्थीलाई बोलाउन नपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा विद्यालय प्रशासनले भौतिक संरचना, सरसफाइ तथा अन्य प्रशासनिक कामहरू सम्पन्न गर्नुका साथै कुनै क्षति भएको भए त्यसको विवरण महानगरमा पेश गर्न भनिएको छ।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्