|
२०८२ भाद्र २७
काठमाडौँ: अन्तरिम सरकारबारे छलफलका लागि राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ९ बजे बोलाएको बैठक दिउँसो २ बजे सारिएको छ। आन्तरिक तयारी नपुगेको कारण बैठक सारिएको बताइएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी आन्दोलनले सरकार प्रमुख बनाउन अघि सारेको छ भने पहिलोपटक नेपालमा महिला नेतृत्व पाउने सम्भावना बढेको छ। तर संसद् विघटन गरेर कार्कीलाई नियुक्त गर्ने विषयमा सहमति जुट्न नसकेपछि बिहीबार रातिको बैठक निष्कर्षविहीन रह्यो।
जेनजी पक्ष संसद् विघटनमा जोड दिने भए पनि परम्परागत दल र राष्ट्रपति संसद् बाट समाधान खोज्न अडिग छन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्