गणतन्त्र जोगाउन फेरि संघर्ष आवश्यक : अध्यक्ष दाहाल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र संविधान जोगाउन फेरि पनि जनयुद्धजस्तै संघर्ष आवश्यक भएको बताएका छन्। बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनमा उनले क्रान्तिबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको भन्दै महिलाको सक्रिय सहभागितामार्फत प्रतिक्रान्तिका खतरा निस्तेज पार्नुपर्ने बताए। दाहालले समाजवादतर्फ देशलाई डो¥याउन र महिलामाथिको विभेद अन्त्य गर्न महान् आन्दोलन अपरिहार्य भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *