|
२०८२ भाद्र १३
१३ भदौ, काठमाडौं । काठमाडौंको जडिबुटीस्थित आकासे पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा दुई युवाको ज्यान गएको छ।
आज बिहान करिब पौने ३ बजे, कोटेश्वरबाट जडिबुटीतर्फ आउँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको सडक किनारमा रोकिने अवस्थामा रहेको बसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासी, सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरिस पौडेल र काभ्रे, पाँचखाल–२ होक्से निवासी २३ वर्षीय नितेश नेपाल गम्भीर घाइते भएका थिए। दुवै जनालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो, तर उपचारको क्रममा दुबैको ज्यान गएको प्रहरीले जनाएको छ।
हाल बस र स्कुटर दुवैलाई नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्