गणेश हिमाल गएका १६ पदयात्री अलपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक २९

काठमाडौं : उत्तरी धादिङको रुबी भ्याली गाउँपालिका हुँदै गणेश हिमाल गएका १६ जना पदयात्री गणेश हिमाल बेस क्याम्प नजिकै फसेका छन् । उनीहरू लेक लागेर बिरामी समेत परेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख सुमन घिमिरेले जानकारी दिए । उनीहरूको उद्धारका लागी हेलिकप्टर समेत पाएको तर हिजो दिनभरीको प्रयासमा पनि उद्धार गर्न नसक्दा थप समस्या आएको हो ।

२७ जना मध्ये दुई जना गम्भीर बिरामी परेको खबर आएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा उनीहरूको उद्धार गर्न नेपाली सेनको हेलिकप्टर पठाइएको पनि जानकारी प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

उनीहरूको उद्धारका लागी नेपाल प्रहरीसहित स्वास्थ्यकर्मीहरूको टोली पनि सो क्षेत्रतर्फ पठाईसकेको जानकारी स्थानीय प्रशासनले दिइएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय धादिङ र रुबीभ्याली गाउँपालिकाको २७ जनाको टोली रुबीभ्यालीको पाङ्साङ पास हुँदै सो क्षेत्रको भ्रमणमा गएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *