पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक २०

काठमाडौं : कास्कीमा राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ। पोखरा महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको हो। मंगलबार मध्यान्हमा वाई चोकमा प्रदर्शन गरिरहेका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

उनका अनुसार निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि चार सेल अश्रुग्यास प्रहार गरिएको हो। रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *