×

सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव संसदीय समितिबाट अनुमोदन

कार्तिक १४, २०८१ | दाक्सु मिडिया

काठमाडौं : संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ ।

अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ । उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनीउपर आज संसदीय सुनुवाइ भएको थियो ।

कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: